• १२ असोज २०८१, शनिबार

विद्यालयलाई जापानको सहयोग

blog

काठमाडौँ, कात्तिक ५ गते । जापान सरकारले नेपालस्थित सङ्खुवासभाको विद्यालय निर्माण गर्न सघाउने भएको छ। सङ्खुवासभास्थित दुर्गम भेगमा जीर्ण अवस्थामा रहेको श्री हिमालयन माध्यमिक विद्यालयका कक्षाकोठा निर्माण गर्न जापानका तर्फबाट नेपालका लागि राजदूत किकुता याताका र सङ्खुवासभाको स्वयंसेवी संस्था एनपीओका अध्यक्ष लाक्पा नोर्बु शेर्पाबीच बिहीबार दुईपक्षीय सम्झौता भएको छ। 

काठमाडौँस्थित जापानी राजदूतावासमा बिहीबार आयोजित एक समारोहमा भएको सो सम्झौताअनुसार सो विद्यालयको पुनर्निर्माणका लागि करिब २३.२ लाख रुपियाँ बराबरको सहयोग जापान सरकारले गर्नेछ। 

आधारभूत मावन सुरक्षा परियोजनाअन्तर्गतको अनुदान सहयोगका रूपमा बजेट परिचालन गरिने दूतावासले जनाएको छ । समारोहमा बोल्दै राजदूत किकुता याकुताले नेपाल–जापानबीचको सहकार्यात्मक सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। 

सन् १९६० मा स्थानीय स्रोतसाधनबाट निर्मित विद्यालयका कक्षाकोठाका भित्ता तथा छत चर्किएर र भत्किएर अति जीर्ण रहेकाले जुनसुकै समयमा ढल्न सक्ने उच्च जोखिमपूर्ण अवस्थामा छ।