• १२ असार २०८१, बुधबार

प्रत्यक्षतर्फको एक करोड ५५ लाख मतपत्र छापियो, समानुपातिकको ढुवानी हुँदै

blog

काठमाडौं, कात्तिक ४ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक करोड ५५ लाख मतपत्र छापिएको छ । 

प्रदेशसभातर्फ ७८ लाख र प्रतिनिधिसभातर्फ ७७ लाख मतपत्र छापिसकिएको छ । प्रत्यक्षतर्फको मतपत्र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको सबै छापिसकिएको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुषालले बताउनुभयो । 

प्रत्यक्षतर्फको मतपत्र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको सबै छापिसकिएको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुषालले बताउनुभयो । 

यस्तै, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको मात्र छाप्न बाँकी रहेको उहाँले बताउनुभयो । अहिले प्रदेश १ को मतपत्र छाप्न लागिएको उहाँको भनाइ छ । कात्तिक २० गतेभित्र प्रत्यक्षतर्फको मतपत्र छापिसक्ने उहाँले बताउनुभयो । २२ गतेबाट प्रत्यक्षतर्फको मतपत्र ढुवानी थालिने भुसालले बताउनुभयो । 

समानुपातिक तर्फको मतपत्र भने यसअघि नै छापेर सकिएको छ । समानुपातिक तर्फको मतपत्र ढुवानी समेत अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । अब केही जिल्लामा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

मतपत्र छपाइमा कडाइ 

छपाइको काम कडा सुरक्षाबीच भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्रको छपाइ भइरहेको छ । निर्वाचन आयोगका उपसचिव ऋषिराम भुषालका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नेपाली सेनाको सुरक्षाबीच मतपत्र छाप्ने काम भएको छ । 

मतपत्र छपाइ ज्यादै संवेदनशील विषय भएकाले त्यस क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मतपत्र छपाइको काम ज्यादै संवेदनशील विषय भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जसको नेतृत्व नेपाली सेनाले गरेको छ । मतपत्र छपाइ भइरहेको क्षेत्रमा जो कोहीलाई जान बन्देज गरिएको छ ।

मतपत्र छपाइको काम ज्यादै संवेदनशील विषय भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मतपत्र छपाइ भइरहेको क्षेत्रमा जो कोहीलाई जान बन्देज गरिएको छ ।

मतपत्र छपाइको क्षेत्रमा कोही सम्बन्धित व्यक्ति जानुपरेको खण्डमा आफूसँग भएका मोबाइल, तथा अन्य कुनै सामग्री भएमा नेपाली सेनालाई नै जिम्मा लगाएर भित्र जान दिइने भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्यक्षतर्फको मतपत्र छपाइ भइरहेको ठाउँमा कोही व्यक्ति जानुपर्ने भएमा आफूसँग भएको मोबाइल तथा अन्य कुनै सामग्री बाहिर नेपाली सेनालाई जिम्मा लगाएर प्रवेश गर्न दिइने व्यवस्था छ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।