तास र कौडा खेल्न प्रशासनको प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारका बेला कौडा, जुवा तास नखेल्न अनुरोध गरेको छ। तिहार, छठ तथा नेपाल सम्वत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न अनुरोध गरेको हो।
हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी सङ्गठनका लागि आवश्यक तालिम दिई प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
लिमीमा चुनावी प्रचार गर्न जान कठिन
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारका लागि उम्मेदवार तथा राजनीतिक दलहरुलाई लिमी जान कठिन भएकहिमपातले हिमालपारीको गाउँ लिमी जानेबाट अवरुद्ध भएपछि प्रचार अभियानमा जान कठिन भएको हो ।
सयपत्री फूलको माग बढ्यो
तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।
मातृ वंशको डीएनए अध्ययन
जनसङ्ख्याको मातृ वंशबारे भएको एक अध्ययनले नेपालको मातृत्व डीएनए दक्षिण र पूर्वी एसियाली जनसङ्ख्याको मिश्रण भएको देखाएको छ । इतिहास, पुरातात्त्विक र आनुवंशिक जानकारी प्रयोग गरी गरिएको यस अध्ययनले नेपालका तिब्बत–बर्मेली समुदायको जनसाङ्ख्यिक इतिहास बुझ्न थप मद्दत गर्ने अनुसन्धानकर्ताको दाबी छ ।
भाइटीका लाउन सार्वजनिक निम्ता
आइतबारदेखि यमपञ्चक सुरु हुँदै छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् तर सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन्। त्यस्ता दाजुभाइकी चेली हुनुहुन्छ– अञ्जली मास्के। अञ्जली मास्केले २४ वर्षदेखि भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइको निधार खाली रहन दिनुभएको छैन। उहाँले यस पटक पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने हुनुभएको छ। उहाँले यस वर्षको सामूहिक भाइटीकाका लागि सार्वजनिक निम्ता (सूचना जारी) गर्नुभएको छ।
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दार्चुला, कात्तिक ५ गते। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्याक्टर आज दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस
भुइमान्छे विमोचित
सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति ‘भुइमान्छे’ कविता संग्रह शनिबार विमोचित भएको छ । आचार्यको कृति ‘भुइमान्छे’ को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले गर्नुभयो ।