• १४ असार २०८१, शुक्रबार

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

blog

दार्चुला, कात्तिक ५ गते। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्याक्टर आज दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। 

चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस