सर्भरको समस्या समाधान भएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।
स्वदेशी कुखुराको बिक्री बढ्यो
सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ ।
अपाङ्गता भएका विद्यार्थीलाई सहयोग
टिकटकबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको छ । तुलसीपुर ७ मा रहेको अपाङ्गता अध्ययन केन्द्रमा बसोबास गर्दैआएका विद्यार्थीलाई टिकटकबाट खाद्यान्न सहयोग गरिएको हो ।
अध्यागमनको सर्भरमा समस्या हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।
आत्तिइहाल्नु पर्ने अवस्था आएको छैन : नेता नेम्वाङ
पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभयो । शहीद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा शनिवार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढीबाट गइरहेको म १ ह ८२४ नम्बरको अटो कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा दुर्घटना हुँदा सवार एक जनाको मृत्यु भएको छ।
ललितपुर महानगरले सुरु गर्यो मेलमिलापसम्बन्धी तालिम
ललितपुर महानगरपालिकाले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।
साताका सात तस्बिर
बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा ललितपुरमा रहेको माउन्टेन मौरी कन्सर्नले चरनका लागि ललितपुरबाट ल्याएर राखेका मौरीका घारहरु । तोरी फुलेको उक्त फाँट मौरीका लागि उपयुक्त छ ।
कलाकार एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश
मोडल तथा कलाकार एलिजा गौतम शनिबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । रुपन्देहीमा भएको एक कार्यक्रममा उहाँ सो दलमा प्रवेश गर्नुभएको हो । उहाँलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।