‘सहज र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको कामकाजलाई अगाडि बढाएको बताउनुभयो ।
दोर्दीमा ज्येष्ठ नागरिक सम्मानित
लमजुङको दोर्दी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । जाडोको समयमा जेष्ठ नागरिकलाई गाउँपालिकाले न्यानो सिरक तथा कपडासहित ज्येष्ठ नागरिकलाई सम्मानित गरेको हो ।
विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताउनुभएको छ ।
चार हजार ६३३ परिवारलाई गरिब परिचयपत्र दिइँदै
पाल्पामा गरिब पहिचान भएका चार हजार ६३३ परिवारलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । पाल्पाका दश पालिकामा गरिब पहिचान भएकाहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको स्थानीय तहहरूले जनाएका छन् ।
वृद्धबवृद्धाको सारथि बन्दै तिलागुफा नगरपालिका
कालीकोटको तिलागुफा नगरपालिकाले वृद्धवृद्धाको सारथि बनेको छ । नगरपालिका प्रमुख र उपप्रमुख आफै बस्तीमा पुगेर बृद्धबृद्धा तथा अपाङगता भएका ब्यक्तिका समस्याबारेमा जानकारी लिनेगरेका छन् । नगरपालिकाले ७० वर्ष पुगेका बृद्धबृद्धालाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।
धरान जाँदै गरेको गाडी दुर्घटना, सात घाइते
ओखलढुङ्गाबाट धरान जाँदै गरेको गाडी दुर्घटना भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका –७ हिलेपानी ओखलढुङ्गामा प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी आज बुधबार दुर्घटना भएको हो ।
ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
समयमा सडकको कार्य सम्पादन गर्न ध्यानाकर्षण
राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् ।
गाई मार्ने तीन जना पक्राउ
कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपूबस्तीमा गोरु मार्नेक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।