लुम्बिनी गुरूयोजना विपरीत गरिएको ‘रिसोर्ट सञ्चालन अनुमति’ खारेज
लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद् बैठकले सो निर्णय खारेज गरेको हो ।
लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र
लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।
म्याग्दीमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु र तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घमबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको हो ।
विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ ।
लगातारको वर्षापछि चितवनमा बाढीको जोखिम
दुई दिन अघिदेखिको लगातारको वर्षापछि हुन सक्ने नदी कटान र डुबानलाई दृष्टिगत गर्दै चितवन नवलपुर क्षेत्रको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।
नेपाल बौद्ध महासंघको अध्यक्षमा भण्डारी निर्वाचित
नेपाल बौद्ध महासंघको अध्यक्षमा खेन्पो कमल भण्डारी निर्वाचित हुनु भएको छ । सोमबार साँझ सम्पन्न छैटौँ महाधिवेशनले भण्डारी सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबारदेखि मौसममा सुधार हुने
आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताउनुभयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
जीर्ण भवनभित्र क्याम्पसको पठनपाठन
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।