दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दार्चुला, कात्तिक ५ गते। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्याक्टर आज दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस
भुइमान्छे विमोचित
सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति ‘भुइमान्छे’ कविता संग्रह शनिबार विमोचित भएको छ । आचार्यको कृति ‘भुइमान्छे’ को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले गर्नुभयो ।
स्मार्ट विद्यालय बनाउँछु : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रका सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने बताउनुभएको छ । सुनसरी क्षेत्र नं. ४ का सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने उहाँले उदघोष गर्नुभयो ।
कुखुरा बोक्ने खोरमा मासु ढुवानी
जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो ।
मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताउनुभएको छ ।
अवरुद्ध शृङ्गपथ १० दिनपछि सञ्चालनमा
सडक भासिएर र ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको तनहुँको दक्षिणी भेगमा पर्ने शृङ्गपथ दश दिनपछि सुचारु भएको छ । लामो समयदेखि यातायात आवागमन बन्द हुँदा खाद्यान्न ढुवानी र आवतजावतको लागि समस्या परेको थियो ।
लौरो बेचेर चाडबाड खर्चको जोहो
रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आउनुभएको छ । लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ ।
हात्तीको आक्रमणबाट एकको मृत्यु
जंगली हात्तीको आक्रमणमा परी बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ का एकजनाको मृत्यु भएको छ ।
गायकको अनुभवमा तिहार
फूलैफूलको चाड तिहारको रौनक सुरु भइसकेको छ। तिहारले सबैलाई छोइसक्यो। आममानिससँगै गायक–गायिकालाई पनि तिहारले छोपिसक्यो। तिहार सबैलाई मन पर्ने चाड पनि हो। गाउँघरदेखि सहरबजारसम्म झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्छ। देउसीभैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ।