शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे अध्यक्ष तिमिल्सिनाद्वारा जानकारी
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
कार्यपालिकाका सदस्यहरू आन्दोलित
दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भयो : अध्यक्ष अन्सारी
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताउनुभएको छ ।
दशैंमा कामदार घर गएपछि करिडोरको काम बन्द
नेपाली सेनाको बिकास निर्माण दलले कर्णाली करिडोरको हुम्ला र बाजुुरा खण्डमा गर्दैआएको काम रोकेको छ । सडक निर्माण कार्यमा खटिदै आएका कामदार दशैं मनाउन घर गएपछि सेनाले काम रोकेको हो ।
सडकमा पैदलयात्रीको पहिलो अधिकार : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले पैदल यात्रीलाई सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने बताएको छ ।
सदरमुकाममा छैन बसपार्क, सडकमै पार्किङले दुर्घटनाको जोखिम
सुजन काफ्लेचरिकोट, असोज १३ गते । पर्यटकीय जिल्ला दोलखा सदरमुकाम चरिकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ।जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनले जथाभाबी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओर्लाउने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ।चरिकोट बजारमा सडक छेउमै टिकट काउण्टर खोलिएको छ। जिल्लामा नयाँ बस थपिएसँगै सडकमा समस्या भएको छ। यहाँ बस पार्किङका लागि समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने नियम छ। फराकिलो बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको बोलेरो चालक रोशन कुमार केसीले बताउनुभयो। घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढ्ने उहाँको भनाइ छ।व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन्। यात्रु र सवारी साधनको चाप बढेको छ। तर, बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन। भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बसपार्क निर्माणका लागि मास्टर प्लान तयार भएको बताउनुभयो। अरू स्थान भन्दा भीमेश्वर नगरपालिका ५ अनाथालय नजिकै रहेका जग्गामा सबैलाई पायक पर्ने भएकाले बसपार्कको लागि जग्गा व्यवस्थापन भएको उहाँको भनाइ छ। जिल्ला सदरमुकाम चरिकोटसहित सिगटी, जिरी, मैनापोखरी बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ। मुख्य राजमार्ग र भित्री सडक प्राय सबैमा व्यावसायिक सवारी साधन सञ्चालनमा छन्।
स्याउ बोकेको ट्रक जुम्लामा दुर्घटना, एकको मृत्यु
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका –१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती
लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।
सप्तकोसीमा जेटबोट सञ्चालनमा
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।