• १३ असार २०८१, बिहिबार

भुइमान्छे विमोचित

blog

जयकृष्ण यादव 

इनरुवा, कात्तिक ५ गते । सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति ‘भुइमान्छे’ कविता संग्रह शनिबार विमोचित भएको छ । आचार्यको कृति ‘भुइमान्छे’ को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले गर्नुभयो । 

सामाजिक, आर्थिक, राजनीतिक र संस्कृतिकसहित मानिसबीचको मायापिरति जिवनमा आउन सक्ने परिवर्तन र सोचलाई कविता संग्रहमा समेटिएको लेखकले बताउनुभयो ।  कृतिमाथि समीक्षा गर्दै साहित्यकार डम्बरुबल्भ भण्डारी, शिवनारायण पंडित (सिंगल) लगायतले संग्रह समय सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।

समिक्षक टीका मिलनले साहित्यकार आचार्यका कबिता मिठा, सरल र पूर्णभाव बुझ्न सकिने खालका रहेको बताउनुभयो । 

प्रमुख अतिथि तथा एमाले नेता भिमप्रसाद आचार्यले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न, सामाजिक विकृति विसंगति उजागर गर्न कृति सफल रहेको बताउनुभयो । राजनीतिलाई समेत सचेत पार्न साहित्य पुस्तक सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।