• १२ असोज २०८१, शनिबार

धरान जाँदै गरेको गाडी दुर्घटना, सात घाइते

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १८ गते । ओखलढुङ्गाबाट धरान जाँदै गरेको गाडी दुर्घटना भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका –७ हिलेपानी ओखलढुङ्गामा प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी आज बुधबार दुर्घटना भएको हो । 

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो । झापाको गौरादह नगरपालिका –४ का ४४ वर्षीय रेवतीप्रसाद धमला, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –१ की ४५ वर्षीया मैनाकुमारी खड्का र सोही गाउँपालिकाको –३ का २४ वर्षीय चालक खगेन्द्रकुमार घिमिरेको अवस्था गम्भीर रहेको प्रनाउ खनालले जनकारी दिनुभयो । 

दुर्घटनमा सिद्धिचरण नगरपालिका –४ का ३० वर्षीय युवराज कटुवाल, सोही स्थानका ६० वर्षीय जितबहादुर कटुवाल, चिशंखुगढी गाउँपालिका –६ का ६२ वर्षीया इन्द्रकुमारी खड्का र सोही गाउँपालिका –४ का ६२ वर्षीय गोविन्दबहादुर खड्का सामान्य घाइते हुनुभएको   छ । 

उनीहरुको उदयपुरको घुर्मीमा रहेका स्वास्थ्यकेद्रमा उपचार भइरहेको छ । ओरालो र घुम्ती सडकमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।