• १२ असोज २०८१, शनिबार

हिरासतबाट फरार तीन अभियुक्त पक्राउ

blog

पक्राउ परेका फरार थुनुवाहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, माघ १८ गते । धनुषामा प्रहरी हिरासतबाट फरार भएका छ जनामध्ये तीन अभियुक्त पक्राउ परेका छन् । जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत कक्षको पर्खाल भत्काएर गत आइतबार राति विभिन्न मुद्दाका छ जना थुनुवा फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीकोे संयुक्त टोलीले बुधबारसम्म तीन जनालाई पक्राउ गर्न सफल भएको छ । तीन जना अझै फरार छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका –२, बस्ने २५ वर्षीय हरिदीप सिंह, मिथिला नगरपालिका –६ का २८ वर्षीय रोशन महतो र क्षीरेश्वरनाथ नगरपालिका –२ बस्ने २५ वर्षीय अमित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । 

जसमध्ये अवैध हातहतियार मुद्दाका रोशनलाई सोमबार नै मिथिला नगरपालिका –८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ गरेको थियो । यस्तै, सवारी ज्यान मुद्दाका अमितलाई मङ्गलबार र हरिदीपलाई बुधबार धनुषाको अलग–अगल स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता क्षेत्रीले सर्च अपरेसन जारी रहेको बताउँदै हिरासतबाट फरार भएका अन्य तीन जना पनि चाँडै पक्राउ पर्ने बताउनुभयो ।