शहीदको सम्झना ( कविता )
आस्थासाथ डटेर हिँड्छ जगमा सर्वोपकारी बनी निष्ठासाथ खटेर निर्भय रह्यो भै स्वाभिमानी धनी जल्ले जीवनमा न सङ्कुचनको सङ्कीर्ण बानी लियो त्यो आदर्श शहीद प्रज्ज्वलित भो बाली उज्यालो दियो !
युगीन गीत
कैयौँ गीतहरू रगतको मसीले लेखिए रणमैदानमा गाइए बन्दुकको सङ्गीतसँगै, कति गीतहरू सपाट कलमले लेखिए लुटेर निरीहको आँसु/पसिनाको मसी
सुकदेवको सहादत
जङ्गबहादुर राणाको तीन दशक लामो शासनको अन्त्यतिर उनीविरुद्ध केही विद्रोह भए । लखन थापा मगरले आफूलाई राम शाहकालीन सिद्ध लखन थापा मगरको अवतार घोषित गर्दै जङ्गबहादुरलाई मारेर मुलुकमा सुनौलो युग सिर्जना गर्ने उद्घोषका साथ गोरखामा विद्रोह गरे । उनीसहित उनका समर्थकलाई पक्राउ गरेर छानबिन गर्न काठमाडौँको थापाथली दरबारमा ल्याइयो । त्यसपछि उनीसहित उनका छ जना सहयोगीलाई गोरखाको बुङ्कोटमा लगेर रुखमा झुण्ड्याई मृत्युदण्ड
‘ब्लुलाइन’मा नेपाली सेना
अवस्था यतिबेला शान्त देखिन्छ तर एकैछिनपछि के हुन्छ भन्न सक्ने अवस्था छैन– मध्यपूर्वी देश लेबनानको सुरक्षा अवस्था बुझ्ने यही वाक्यांश नै पर्याप्त छ । लेबनानको राजधानी बेरुतलाई ‘मध्यपूर्वको पेरिस’ भनेर पनि चिनिन्छ तर झन्डै एक शताब्दीदेखि यो देश युद्धको चपेटामा परेको छ । भूमध्यसागरको बीच भागमा अवस्थित लेबनान प्राकृतिक रूपमा सुन्दर त छँदै छ, भौगोलिक रूपमा पनि सामरिक महत्त्व बोकेको देश हो ।
मानव तस्करीविरुद्धका अभियन्ता
छत्रबहादुर मैनाली सिन्धुलीमा जन्मनुभयो, उतै हुर्कनुभयो, लेखपढ गाउँकै स्कुलमा गर्नुभयो र केही नयाँ काम गर्ने हुटहुटी बोकेर राजधानी काठमाडौँ हानिनुभयो । सामान्य मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका कारण काठमाडौँको बसाइ उहाँलाई सहज भने थिएन । घरबाट आर्थिक सहायता हुने सम्भावना पनि थिएन । रोजगारीमा लागे पनि दुई छाक टार्नै धौधौ ।
चार मुद्दामा पुनरावेदन
आफूले दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौँबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा मुद्दामा पुनरावेदन गरेको छ। विशेष अदालतबाट सफाइ दिइएका ती मुद्दामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो। पुनरावेदन दिइएका मुद्दामा सरकारी रकम हिनामिना, झुटा बिल भर्पाई, नक्कली प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिसँग सम्बन्धित छन्।
भोकमरीको सूचकाङ्कमा सुधार
विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालको अवस्थामा सामान्य सुधार देखिएको छ। ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको उल्लेख छ। जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा रहेको छ।
बहुविवाहको कसुरमा चारजना पक्राउ
गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई पक्राउ गरेको हो ।
भीरमा फसेकी महिलाको उद्धार
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भीरमा लडेर फसेकी महिलाको उद्धार गरिएको छ ।