• १४ असार २०८१, शुक्रबार

बहुविवाहको कसुरमा चारजना पक्राउ

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ १३ गते । गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार जिल्लाको गुल्मीदरबार गाउँपालिका(३ का ३६ वर्षीय बजिन्द्र झाँक्रीले मुसिकोट नगरपालिका–३ की ३० वर्षीय महिलालाई दोस्रो विवाह गरेको आरोपमा पक्राउ गरिएको हो । झाँक्रीकी जेठी श्रीमतीले आफ्नो श्रीमानले दोस्रो विवाह गरेको भन्दै जाहेरी दिनु भएको थियो । 

त्यस्तै, रेसुङ्गा नगरपालिका(८ अस्थायी डेरा गरी बस्ने २५ वर्षीय आशिष् थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थानकी २५ वर्षीय महिलालाई दोस्रो विवाह गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । थापाकी जेठी श्रीमतीले पनि आफ्नो श्रीमानले दोस्रो विवाह गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।