खाजाको रकम एकल महिलालाई सहयोग
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –११ मा रहेको आदर्श बिद्या मन्दिर (एवीएम स्कुल) मा कक्षा ११ र १२ मा सामाजिक विषयमा अध्ययनरत बिद्यार्थीले खाजा तथा तिहारमा देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकम आगलागी पीडित एकल महिलालाई सहयोग गरेका छन् ।
स्वास्थ्य कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा
जुम्ला जिल्लाका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख अङ्गदबहादुर शाहीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौं महानगरले मापदण्ड विपरीतका नौ हजार सूचना पाटी हटायो
काठमाडौं महानगरपालिकाले नौ हजार सूचना पाटी हटाएको छ।
अर्थतन्त्रका सूचक अझै चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ ।
ढुङ्गेसाँघुमा चिकित्सक पुगेपछि सेवाग्राहीलाई राहत
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक (डाक्टर) पुगेपछि सेवाग्राहीलाई राहत पुग्ने भएको छ। ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा डा.नवराज चपागाईँ पुगेपछि सर्वसाधारण सेवाग्राहीलाई राहत पुग्ने भएको हो।
भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान
नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा. मैनालीलाई सम्मान गरेको हो ।
सडेको मासु बेच्ने पसललाई कारबाही
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित सडेको र फोहर मासु बेच्ने दुई मासु पसललाई कारबाही गरिएको छ । तौलिहवाको हाटबजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको हो ।
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री पौडेल
विभिन्न कार्यक्रमको आयोजना गरी आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ ।