जीवन एक, यात्रा अनेक : मीठो यात्राको संस्मरण...
यात्रा– देशदेशावर भ्रमण गर्नु, जीवनको ध्येय उद्देश्य प्राप्तिका लागि गरिने यात्राहरू प्रत्यक्ष रूपले भौतिक यात्रामा पर्छन् भने भित्री आत्मिक शान्ति र अलौकिक जीवन दर्शनका लागि गरिने अध्यात्मिक यात्राले एकै मान्छेको यात्राहरू फरक फरक हुन सक्छन् । मान्छे सामाजिक प्राणी हो र समाज नै बाँच्ने आधार हो । यसै आधारलाई टेकेर भोगेका देखेका यावत् विषयवस्तुहरू उसले साहित्यमार्पmत अभिप्रेषण गर्दछ । यसै प्रक्रियामा कवि ध्रुवनारायण जोन्छेंले साहित्यिक यात्रा थालनी गरेका हुन् । कवि ध्रुवनारायण जोन्छें, गपली वडा नं. ४ भक्तपुरका स्थायी बासिन्दा हुन् । कवि मन भईकन सुुरुवातदेखि नै साहित्य सेवामा लाग्न नसक्नु उहाँको बाध्यता र विवशता थियो । अन्ततः दैनन्दिन्य गुजाराका समस्याबाट मुक्त भएपछि नयाँ पुराना रचनाहरूको सँगालो ‘जीवन एक ः
चिसोले कठ्याङ्ग्रिएकालाई न्यानो कपडा वितरण
हिमपातपछि टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा बढेको चिसोका कारण आकासे पुल मुनि कठ्याङ्ग्रिएर बस्न बाध्य भएका ५९ वर्षीय रोवर्टले मङ्गलबार न्यानो कपडा प्राप्त गरेपछि खुसीको कुनै सीमा नै थिएन । यसरी न्यानो कपडा उपलब्ध गराउने अरु नभएर नेपाली मूलका व्यक्ति थिए । पाँचथरको विकट बस्ती यासोकबाट ३५ वर्ष अघि अध्ययनका क्रममा अमेरिका आएका देवीडेभिड आचार्यले न्यानो कपडा उपलब्ध गराएका हुन । आचार्य एचडिएनपी इन्टरनेशनलका प्रमुखका हैसियतले रोवर्टलाई न्यानो कपडा उपलब्ध गराएका थिए । यसरी रोवर्टले न्यानो कपडा पाउनासाथ भनेका थिए गड व्लेस यु (भगवानले तपाईलाई आशिर्वाद दिनु हुन्छ) ।
‘अध्यक्ष भएमा सङ्गठनलाई चलायमान बनाउँछु’
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष झपिन्द्र खत्रीले आगामी निर्वाचनबाट आफू सङ्गठनको अध्यक्षको जिम्मेवारी पाएमा सङ्गठनलाई चलायमान र गतिशील बनाउने दाबी गर्नुभएको छ ।
धरानमा पाँचौँ प्रदेश स्तरीय पुष्प मेला सुरु
“घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।
बाघको आक्रमणबाट महिला घाइते
हेटौँडा उपमहानगरपालिका –१८ स्थित रामधुनीस्थित जङ्गल छेउमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ ।
संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत वैदेशिक रोजगारका कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
एघार करोडको लागतमा सिँचाइ योजना निर्माण
कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।
एक वर्षमा सतर्कता केन्द्रमा भ्रष्टाचारका ८९८ उजुरी : ६५९ वटा फर्छ्यौट
आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय सतर्कता केन्द्रमा ८९८ उजुरी परेका छन्। यो आर्थिक वर्षमा ६४७ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २५१ गरेर ८९८ उजुरी छानबिन भएको केन्द्रले जनाएको छ। केन्द्रले छानबिन गरेकामध्ये ६५९ वटा उजुरी फर्छ्यौट भएका छन्।