• १६ असार २०८१, आइतबार

बाघको आक्रमणबाट महिला घाइते

blog

राममणि दाहाल 

हेटौँडा, माघ २५ गते । हेटौँडा उपमहानगरपालिका–१८ स्थित रामधुनीस्थित जङ्गल छेउमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । स्थानीय ५५ वर्षीया मैती बयलकोटी बुधबार दिउँसो ४ बजेको समयमा घाँस काट्न गएको समयमा बाघको आक्रमणबाट घाइते हुनुभएको हो । 

घाइते बयलकोटीको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबारदेखि देखिएको बाघ महिलामाथि आक्रमण गरी पुनः जङ्गल फर्किएको छ । प्रहरीका अनुसार बाघको आक्रमणबाट घाइते महिलाको गाला, ओठ र ढाडमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको छ । डिभिजन वन कार्यालय मकवानपुरको सशस्त्र वन रक्षकको टोली बाघलाई खोज्न घटना स्थल पुगेको छ । 

बाघले स्थानीयको दुई वटा बाख्रा र एउटा बङ्गुर पनि मारेको छ । आक्रमणबाट दुई वटा बङ्गुर घाइते बनाएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।