प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
विना निवेदन घरमै अनुदान पाउँदा कृषक दङ्ग
विना निवेदन अनुदान प्राप्त भएपछि तनहुँको ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका रामबहादुर थापा मगर छक्क पर्नुभएको छ । खबर नगरेर कृषि ज्ञान केन्द्र तनहुँको टोली थापाको घरमै मौरीका घार पुर्याउन आउँदा थापाको परिवार अलमलमा परेको थियो ।
डाँडाफया आगलागी पीडितलाई सहयोग आउने क्रम जारी
घरविहीन भएर आफन्तका घरमा शरण पर्दै आउनुभएका पीडितलाई खाद्यान्नलगायत अत्यावश्यक सामानहरू गुड नेवर्स इन्टरनेस्नल नेपालको ( जिएनआई ) आर्थिक सहयोगमा ती सामाग्री सहयोग गरिएका हुन् ।
अब्बल जिज्ञासु तन्वी
तन्वी– निकै जिज्ञासु स्वभावको छिन् । हरेक कुरामा उनी आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्छिन् । हालै सम्पन्न मिस एल.आर.आई आइडर २०२२ को प्रतिस्पर्धामा पनि उनले आफ्नो यस्तै क्षमता प्रस्तुत गरिन् । जसले उनलाई उपाधि विजेता बनायो । उपाधिसँगै उनले ‘मस्ट ट्यालेन्ड’ उपाधि पनि हात पारिन् । कलङ्कीस्थित एल.आर.आई स्कुलमा कक्षा ६ मा अध्ययनरत तन्वी फुलारा विद्यालयको प्रतिभाशाली विद्यार्थी हुन्
आजको मौसम : हिमपातको सम्भावना
आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भावना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ ।
सरस्वती वन्दना
हाँसमा बसी लिएकी हुन्छिन् पुस्तक साथमा मधुर ध्वनि निकाल्ने वीणा छ अर्काे हातमा । वस्त्र छ सेतो पद्मासनमा चिटिक्क खुलेकी ज्ञानको रश्मि छरेर आफैँ विद्यामा झुलेकी ।।
मौलिक परिकार फरक–फरक स्वाद
भाइबहिनीहरू हो नमस्कार ! म तपाईंहरूसँग परिचित हुन चाहन्छु । तपाईंहरूले मलाई देख्नुभएको छ ? चिन्नुभएको छ ? मेरो नाम कतै सुन्नुभएको छ ? मलाई चिन्नु हुने र नहुने सबैको नजिक हुन चाहन्छु । म मौलिक परिकार हुँ । योःमरी हुँ । ढिक्री हुँ । बगिया हुँ । भक्का हुँ । म चामलको पिठोबाट बनेको हुन्छु र पानीको बाफले पाकेको हुन्छु
माघमा घिउ–चाकु
हामीले विभिन्न चाड/पर्वहरू बडो हर्सोल्लासका साथ मनाउँदै आएका छौँ । त्यसमध्ये माघे सङ्क्रान्ति पनि रमाइलो र मीठो खाने पर्वका रूपमा मनाउँदै आएका छौं । प्रत्येक वर्ष माघ १ गतेदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्छ । यसै अवसरलाई माघे सङ्क्रान्ति वा माघीका रूपमा मनाउने चलन छ । सङ्क्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो । माघे सङ्क्रान्तिलाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । उत्तरायणका समयमा दिनहरू लामा र रातहरू छोटा हुन्छन् । यो दिन आफन्तसँग मीठा फल, कन्दमूल खाएर मनाउने गरिन्छ ।
कालिकोटका कार्यालय प्रमुख सबै जिल्ला बाहिर
कालिकोटका अधिकांश सरकारी कार्यालयका प्रमुखहरू जिल्ला बाहिर छन् । अधिकांश कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि जिल्लामा सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् ।