प्रेमप्रसादको परिवारलाई अमेरिकाको टेक्सासबाट आर्थिक सहयोग
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सासस्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ आर्थिक सहयोग गर्ने भएको छ ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ ।
शकुन्तला
ओ शकुन्तला ! तिम्रो बोल्ने रूपमा सुन्दरता कोरिन्छ जब चरित्र झल्किन्छ बुट्टा बनेर तिम्रो चित्रमा
तिमी....
के भनौँ तिमीलाई कल्पना वा यथार्थ ? कल्पना भनौँ त यथार्थमा छौ यथार्थ भनौँ त कल्पनामै छौ त्यसोभए मेरो यथार्थ नै काल्पनिक हो त ?
माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
गणतन्त्र दिवस समारोह आयोजना
उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समारोहमा उपस्थिति हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो ।
माघ अन्तिम साता क्यान इन्फोटेक मेला
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघको अन्तिम साता २८औँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तक्र्रिया गर्ने उद्देश्यले माघ २४ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
निर्माणाधीन दमक भ्यूटावर
दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थपिए ५३ प्रजातिका माछा
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्।