सर्लाहीमा सवारी चार्जिङ स्टेशन सञ्चालन
सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका –११, खसीबजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा पूर्वमन्त्री गहतराजकाे जोड
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएकाे छ।
पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते
पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ। दुर्घटनामा कार चालकसहित दुई जना पैदलयात्रु घाइते भएका छन्।
लुम्बिनी प्रदेशकाे एक पालिका फागुन १ गते सार्वजनिक बिदा
प्युठानको माण्डवी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु
बैठकमा सेनाको आठ वटा पृतनाका पृतनापति, विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपतिको उपस्थिति रहेको छ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै
नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो ।
विधायन समिति : भौतिक पूर्वाधार अध्ययनमा संसदीय समिति
नेपाल विश्वविद्यालय विधेयकमाथिको छलफलको क्रममा रहेको सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन समिति दफाबार छलफलकै क्रममा भौतिक पूर्वाधार अध्ययन गर्न भन्दै नवलपरासी पुगेको हो ।
हिमाली क्षेत्रमा डढेलो
यसवर्ष हिमपात नभएका कारण म्याग्दी जिल्लाको हिमाली क्षेत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र हिमालको फेदीमा लागेको डढेलो ।
चिकित्सक सङ्घको आन्दोलन स्थगित, छबुँदे सहमति
सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छबुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीमा सहभागी सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।