• १८ असार २०८१, मङ्गलबार

हिमाली क्षेत्रमा डढेलो

blog

धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमालको फेदीमा लागेको डढेलो । तस्बिर : ठाकुरप्रसाद आचार्य

म्याग्दी, माघ २९ गते । यसवर्ष हिमपात नभएका कारण म्याग्दी जिल्लाको हिमाली क्षेत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमालको फेदीमा लागेको डढेलो । 

हिउँदेयाममा बाक्लो हिउँले छोपिनु पर्ने हिमाली भेगमा यतिबेला भने दैनिकजसो डढेलो लाग्न थालेको छ । विगतमा माघसम्ममा बस्तीसम्मै हिउँ जम्नेमा यस वर्ष भने असोजदेखि पानी नपरेकाले लेकाली बस्ती मात्र नभई हिमाल पनि हिउँबिहीन बनेका छन् ।