स्याङ्जामा आगलागीपछि बेहोस हुँदा एकको मृत्यु
स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित बारी र खरबारीमा आगलागी हुँदा एक स्थानीयको ज्यान गएको छ ।
शीर्षक के हो ?
घना जङ्गल । बीचमा एउटा पोखरी थियो । त्यहाँ एउटा सुन रङको भ्यागुतो बस्थ्यो । सुनको झैँ रङ भएकाले उसलाई सुनरङ्गे भ्यागुतो भनेर पोखरीभरि चिनिन्थ्यो । हुनत त्यो पोखरीमा माछा, कछुवा, सर्पहरू पनि थिए । तापनि त्यो भ्यागुतो फरक खालको थियो । सुनरङ्गे भ्यागुतो कहिल्यै पनि अरूलाई सताउँदै
फिल्म फेस्टिभलको रमाइलो
म कक्षा ४ मा पढ्छु । म नौ वर्ष पुग्न लागेँ । साथीहरू ! म मङ्सिर २४ गते (शनिबार) म मेरो परिवारको साथमा काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हेर्न राष्ट्रिय सभा गृह (सिटी हल) गएको थिएँ । राष्ट्रिय सभा गृह काठमाडौँको भृकुटीमण्डप रोडमा रहेको छ । डिसेम्बर ८ देखि १२ सम्म सञ्चालन भएको यो २०औँ फेस्टिभल हो रहेछ । यहाँ ३० देशका ६० वटाभन्दा बढी डकुमेन्ट्री तथा लामो र छोटा फिल्म देखाइएको थियो ।
दिदीबहिनीको माया (कथा)
“ऐया ! नपिट्नुहोस् न । मलाई कति सताउनुभएको ?” रमाले रुँदै आफ्नी दिदी रमिलालाई भनी । “तैँले चाहिँ मेरो सामान किन छुनुपर्ने नि हँ ?” रमिलाले थर्काउँदै भनी । रमिला छ वर्षकी हुँदा रमा जन्मिएकी थिइन् । रमिलाले रमालाई सधैँ जिस्काउँथी र रमा भने नरोएको दिनै हुँदैनथ्यो । यी दिदीबहिनीबीच माया भने असाध्यै धेरै थियो तर त्यो माया बाहिर कहिल्यै देखिँदैनथ्यो । उनीहरू एउटै विद्यालयमा पढ्थे । एक जना ९ कक्षामा पढ्थी भने अर्कीले कक्षा २ मा पढ्थी । उनीहरूकी आमा पनि रमा र रमिलादेखि वाक्क परिसक्नुभएको थियो ।
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन मन्त्री मोदीको निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनअनुसार सामान्य प्रशासन मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
खानेपानी पाइपलाइन विस्तार
उपत्यकाको चक्रपथभित्र सहज रूपमा पानी वितरणका लागि एक हजार १० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याइएको छ । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले बिछ्याइएको नयाँ पाइपलाइनमध्ये करिब ५५० किलोमिटरको परीक्षण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ।
‘सुरसङ्गीतका केही साधक’ पुस्तक सार्वजनिक
साहित्य, चलचित्र र गीत सङ्गीतका अध्येता नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ नामक पुस्तक सार्वजनिक भएको छ।