• १८ असार २०८१, मङ्गलबार

अमर स्वरहरुको डिजिटल प्रस्तुति

‘सुरसङ्गीतका केही साधक’ पुस्तक सार्वजनिक

blog

‘सुरसङ्गीतका केही साधक’ पुस्तक सार्वजनिक गर्नुहुँदै वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन)लगायत ।

काठमाडौं, माघ २८ गते।  साहित्य, चलचित्र र गीत सङ्गीतका अध्येता नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ नामक पुस्तक सार्वजनिक भएको छ। 

वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन)को प्रमुख आतिथ्यमा पुस्तक सार्वजनिक भएको हो। राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रायन,  प्राज्ञ जगतप्रसाद उपाध्याय प्रेक्षित, रमेश खनाल, ललितकला केन्द्रीय विभागका प्रमुख धुरवेशचन्द्र रेग्मी तथा नेपाल राष्ट्र बैङ्कका सञ्चालक समितिका सदस्य चिन्तामणि सिवाकोटीले पुस्तक सार्वजनिक गर्नुभएको हो। 

कार्यक्रममा विमोचित पुस्तकको समीक्षा सङ्गीतकार टीका भण्डारीले गर्नुभयो। पुस्तकमा सेतुरामदेखि जयनन्द लामासम्म गरेर २४ जना सङ्गीत साधकको जीवन र सङ्गीत यात्रालाई समेटिएको छ।  

कार्यक्रममा कवि एवम् गीतकार धिरेन्द्र प्रेमर्षी, सावित्री श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। म्युजिक खबरको आयोजनामा भएको कार्यक्रममा ‘अमर स्वरहरू नामक’ १० वटा अमर स्रष्टाको डिजिटल प्रस्तुति गरिएको थियो।