• १८ असार २०८१, मङ्गलबार

स्याङ्जामा आगलागीपछि बेहोस हुँदा एकको मृत्यु

blog

राधाकृष्ण डुम्रे 

वालिङ, माघ २८ गते । स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित बारी र खरबारीमा आगलागी हुँदा एक स्थानीयको ज्यान गएको छ । 

शनिबार दिउँसो आगलागीका कारण बेहोस भएका स्थानीय टीकाराम कुँवरको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । घर नजिकैको खरबारीमा लागेको आगो घरतर्फ आउन लागेपछि ६५ वर्षका कुँवर बेहोस हुनु भएको प्रहरीको भनाइ छ ।

आगलागी स्थानीय र प्रहरी मिलेर साढे २ घण्टामा निभाइएको छ ।

यसैबीच, वालिङमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक जना घाइते भएका छन् । 

वालिङ ८ को बगालेटोलमा ग १९ प १३१२ नम्बरको स्कुटर लु ८१ प ६७४७ नम्बरको मोटरसाइकल जुधेका हुन् । दुर्घटनामा परी स्कुटरको पछाडि बस्ने वालिङ ६ की पार्वती खाँण घाइते हुनुभएको छ । उहाँको पोखरामा उपचार भइरहेको छ ।