शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ प्यूठान, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिक निर्वाचित हुनुभएको छ ।
शनिबार साँझ सम्पन्न मतगणना अनुसार वैदिकले २७ हजार ४६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेललाई पराजित गर्दै वैदिक विजयी हुनुभएको हो । पोख्रेलले १८ हजार ३३८ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार सूर्य थापाले १६ हजार ७१०, नेकपाका उम्मेदवार कृष्णध्वज खड्काले ९ हजार ७४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसीले ७ हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।
प्यूठानमा १ लाख ६५ हजार ४०६ जना मतदाता रहेकोमा ८४ हजार ६३६ मत खसेको थियो । जिल्लामा कूल १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।