• १८ असार २०८१, मङ्गलबार

लुम्बिनी प्रदेशकाे एक पालिका फागुन १ गते सार्वजनिक बिदा

blog

–प्युठानको माण्डबि गाउँपालिका भवन ।

सलिम अन्सारी

बिजुवार, माघ २९ गते । प्युठानको माण्डवी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । 

आज आइतबार बसेको कार्यपालिका बैठकले जनयुद्ध दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिनुभयो।

तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र सङ्घर्ष सञ्चालन गरेर सात राजनीतिक दलसँग मिलेर दाेस्राे आन्दोलन सफल पारेर लाेकतन्त्र स्थापित गरेकाे थियाे ।

यसैबीच, कर्णाली प्रदेश र बागमती प्रदेश सरकारले प्रदेशस्तरमा फागुन १ गते जनयुद्ध दिवसकाे उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।