• १८ असार २०८१, मङ्गलबार

पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते

blog

क्रेनको सहयोगमा बाहिर निकालिँदै दुर्घटनाग्रस्त कार।

रमेश पौडेल

पोखरा, माघ २९ गते। पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ। दुर्घटनामा कार चालकसहित दुई जना पैदलयात्रु घाइते भएका छन्।

दिउँसो पौने २ बजेतिर बा १३ च २६६२ नम्बरको निजी कार पार्किङबाट ब्याक गरेर निकाल्ने क्रममा एक्कासl महेन्द्रपुलको दक्षिणतर्फकाे रेलिङमा ठोक्किन पुगेको हो। कारको अगाडि भागले रेलिङ भत्काए पनि नदीमा खस्नबाट जोगिएको छ।

दुर्घटनामा कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते हुनुभएको छ। सो कारको ठक्करले दुई जना पैदल यात्रु घाइते भएका छन्। 

म्याग्दीको धौलागिरी गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उहाँका १८ वर्षीय छोरा विष्णु बिक घाइते हुनुभएको छ। 

उनीहरुलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पैदलयात्रु दुई जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।  

क्षतिग्रस्त कारलाई क्रेन सहयोगमा बाहिर निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जनाए। पुलको रेलिङ् भाँचिएको छ भने जालीमा समेत असर परेको छ।