• १३ असार २०८१, बिहिबार

तम्घासमा एक व्यक्ति मृत फेला

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १२ गते । गुल्मीको सदरमुकाम तम्घासमा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका –२, छापटोलास्थित कोठा भाडामा बस्दै आउनुभएका काठमाडौं टोखा नगरपालिका –२ सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री मृत फेला पर्नुभएको हो ।

क्षेत्रीलाई साथीले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भित्रबाट चुक्कुल लगाएको र पटक –पटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा कोठाभित्र खाटमा मृत अबस्थामा फेला परेको निमित्त प्रहरी प्रमुख माधबराज खरेलले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।