• १४ असार २०८१, शुक्रबार

काठमाडौं महानगरले मापदण्ड विपरीतका नौ हजार सूचना पाटी हटायो

blog

मापदण्ड विपरीत राखिएका सूचना पाटी हटाउँदै काठमाडौं महानगरको टोली । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, माघ १२ गते।  काठमाडौं महानगरपालिकाले नौ हजार सूचना पाटी हटाएको छ। मापदण्डमा रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका सूचना पाटी महानगरपालिकाले हटाएको हो। 

महानगरले असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने बोर्डको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो। 

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो। 

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। महानगरले भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टरसमेत हटाएको छ।