• १२ असोज २०८१, शनिबार

ताप्लेजुङका विपन्न परिवारलाई सिरक वितरण

blog

विपन्न परिवारलाई न्यानो सिरक वितरणपछि । तस्बिर –चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १४ गते । ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न परिवारलाई न्यानो सिरक वितरण गरेको छ । समितिले जिल्लाभरका अति विपन्न परिवारलाई शुक्रबार न्यानो सिरक (ब्ल्याङ्केट) वितरण गरेको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्लाका १२२ परिवारलाई न्यानो सिरक वितरण गरिएको बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार सम्बन्धित वडाको सिफारिसका आधारमा उक्त सङ्ख्यामा यहाँका विपन्न परिवारलाई एकथानका दरले सिरक वितरण गरिएको हो । 

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तह र ६१ वटा वडा रहेका छन् । प्रत्येक वडाबाट अति विपन्न परिवारका रूपमा सिफारिस भएका दुई/दुई परिवारलाई न्यानो सिरक वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हालको चिसो मौसममा वितरण गरिएको सिरकले विपन्न परिवारलाई थोरै भए पनि राहत पुग्ने विश्वास राखिएको प्रजिअ पोखरेलले बताउनुभयो ।