• १४ असार २०८१, शुक्रबार

भीरमा फसेकी महिलाको उद्धार

blog

भीरबाट उद्धार गरिएकी महिलालाई डोराउँदै पालिका अध्यक्ष हाङ्गामलगायत ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भीरमा लडेर फसेकी महिलाको उद्धार गरिएको छ । 

मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको दिङ्लाकी ४५ वर्षीया सन्तोषमाया लिम्बूलाई भीरमा फसेको अवस्थामा उद्धार गरिएको हो । 

मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगामका अनुसार खाम्लुङको खोलाखेत आइतबारे भीरमा शुक्रबार बाटो हिँड्ने क्रममा अचानक लडेर महिला फस्नु भएको थियो । 

उक्त भीरमा फसेको स्थानीयले देखेपछि तत्काल स्थानीय सर्वसाधारण, जनप्रतिनिधि, नेपाली सेना, प्रहरीलगायत जुटेर उद्धार गरेको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।

भीरबाट उद्धार गरिएकी महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना तथा समन्वय अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो ।