‘बिचौलिया कानुन व्यवसायीको समीपमा’
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले कतिपय कानुन व्यवसायीको समीपमा बिचौलिया रहेको आरोप लगाउनुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै
अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।
बढे हवाई पर्यटक
सन् २०२४ को ११ महिनामा हवाई मार्गबाट १० लाख ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
आपराधिक गिरोहसँग दुर्गा प्रसाईंको सम्बन्ध !
भारतीय आपराधिक गिरोह ‘लरेन्स विस्नोई’ को नाम लिएर नेपालका व्यवसायीहरूलाई ज्यान मार्ने धम्की दिने झापाका हरिसचन्द्र फुयाँल र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिच प्रहरीले निरन्तर सम्पर्क रहेको फेला पारेको छ ।
दक्षिण कोरियामा सैन्य कानुन घोषणा
दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेका छन् ।
समृद्धिको यात्रामा चीनको साथ
नेपालसँग चीनले रणनीतिक विकास साझेदारका रूपमा साथै अघि बढ्न चाहेको प्रस्ट पारेको छ ।
इतिहास बोकेकै दल अनुमोदित
स्थानीय तहका ४४ स्थानमा रिक्त पदका लागि मङ्सिर १६ गते सम्पन्न निर्वाचनको परिणामले राजनीतिक परिवर्तनका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेकै दललाई जनअनुमोदन प्राप्त भएको देखिएको छ ।
जनप्रतिनिधिको कामप्रति जनता सन्तुष्ट देखिएनन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरुको कामप्रतिको असन्तुष्टि प्रकट भएको बताउनुभएको छ । स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पोखरेलले मंगलबार सो विचार सार्वजनिक गर्नुभएको हो ।
लिम्बुहरुको मौलिक बाजा च्याब्रुङ
इलामको माङसेबुङ गाउँपालिका ५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औँ जन्मोत्सव समारोहमा मङ्गलबार रक्षामन्त्री मानबीर राईलाई स्वागत गर्न लिम्बू जातिको साँस्कृतिक बाजा च्याब्रुङसहित तयारीमा रहेका लिम्बू कलाकारहरु।
विद्यालय शिक्षा विज्ञान र प्रविधियुक्त हुनुुपर्छ : मन्त्री भट्टराई
सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अघि बढाउनुुपर्ने बताउनुभएको छ ।
टिकटकले छ हजार ७८ नेपाली भिडियो हटायो
टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट भएका छ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।
विवाह पञ्चमी महोत्सव : पाँच सय जन्तीको लर्को
सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको मङ्गलबार तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरी मनाइयो ।
समयभित्रै पन्ध्रौं महाधिवेशन हुने सम्भावना छैन : डा कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेता शेखरले निर्धारित समयभित्र १५औं महाधिवेशन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
साउदी अरेबियामा तीन सयभन्दा बढीलाई मृत्युदण्ड
मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ ।
दातृ निकायले प्रदेशको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको विकास र समृद्धिमा दातृ निकायको स्थान महत्त्वपूर्ण रहने बताउनुभएको छ।
चीनले नेपाललाई नौ अर्ब अनुदान दिने
चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ।
माओवादी केन्द्रप्रति जनताको आकर्षण भएको प्रमाणित गरेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताउनुभएको छ।
चितुवाको आक्रमणबाट नेपालगन्जमा एक जना घाइते
नेपालगन्ज उपमहानगरपालिका-२० चितुवाले मंगलबार दिउँसो बढुवालाई आक्रमण गरेको छ। पशुपति नगर सामुदायिक वन नजिक हिँडिरहेका ५८ वर्षीय दलबहादुर थापा मगरलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको नेकपा (एमाले) वडा नम्बर २० का सचिव फणीन्द्र बुढाथोकीले जानकारी दिनुभयो।
झापाको न्यु स्टार सेमिफाइनलमा
झापाको न्यु स्टार क्लब बिर्तामोड, ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
कांग्रेस योद्धा गुरुङको १०२ वर्षमा निधन
नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी ‘कांग्रेस बुढा’ दिल बहादुर गुरुङको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ।
अपाङ्गता दिवस : नेतृत्वमा अर्थपूर्ण सहभागीतामा जोड
राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालका अध्यक्ष देवीदत्त आचार्यले नेतृत्व तहमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागीता हुनुपर्ने बताउनुभएको छ ।
निर्वाचनपछिको प्रतिक्रिया: मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताको भरोसा
राजनीतिक दलका नेताहरूले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिनुभएको छ ।
बसको ठक्करबाट किशोरीको मृत्यु
बसको ठक्करबाट कैलालीमा एक किशोरीको ज्यान गएको छ। सुप प्र ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ की १३ वर्षीया हरिना विकको ज्यान गएको हो।
ईयुद्वारा कडा धूम्रपान विरोधी नियमहरू लागू गर्ने तयारी
युरोपेली सङ्घ (ईयु)का देशहरुले खेल मैदान र क्याफेलगायत धेरै बाहिरी क्षेत्रहरुमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरु लागू गर्ने तयारी गरेका छन् ।