• ७ पुस २०८१, आइतबार

विवाह पञ्चमी महोत्सव : पाँच सय जन्तीको लर्को

blog

बाह्र विघामा आयोजना गरिएको धनुष । तस्बिरः न्युज एजेन्सी नेपाल

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर १८ गते । सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको मङ्गलबार तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरी मनाइयो ।

त्रेता युगमा भगवान रामले धनुषा उचालेर तोडेको स्मरणसहित प्रत्येक वर्ष झैं यसवर्ष पनि विवाह पञ्चामीको तेस्रो दिन मंगलबार रंगभूमि मैदान (बाह्र विघा) मा धनुष यज्ञकार्यक्रम गरी महोत्सव मनाइएको हो ।

विवाहपञ्चमी महोत्सव दोस्रो दिन फूलबारी लीला सम्पन्नपछि  मंगलबार धनुष यज्ञ कार्यक्रम हुने भएको हो ।

पहिलो दिन नगर दर्शन र दोस्रो दिन फूलबारी लिला र तेस्रो दिन रामको प्रतीकको रुपमा रहने बालकले धनुष उचालेर तोडेपछि धनुष यज्ञ कार्यक्रम सम्पन्न भएको छ ।


त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउँदै आएको छ । पौराणिक कथाको आधारमा तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन मङ्सिर २१ गते स्वयंवर तथा शुभ विवाह र मंगलबार रामकलेवा गरी विवाह पञ्चमीको कार्यक्रमलाई समापन गरिन्छ । विवाहपञ्चमीको लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ ।

साथै यस वर्षको विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राम जन्मभूमि तीर्थ क्षेत्र अयोध्याबाट पदाधिकारीसहित पाँच सय जनाको जन्ती जनकपुरधाम आएको हुँदा उत्साह अझैं थपिएको छ ।