• ३ फागुन २०८२, आइतबार

‘मतदाताले शान्ति, स्थायित्व र विकास चाहेका छन्’

blog

स्थानीय पत्रकार, मतदाताहरुसँग संवाद गर्नुहुँदै अध्यक्ष ओली ।

गोरखापत्र अनलाइन

झापा, फागुन ३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले मुलुकको शान्ति, स्थायित्व र विकास चाहेको बताएका छन् । आफ्नो क्षेत्रका टोलबस्ती पुगेर मतदातासँग संवाद गर्नेक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मतदाताले टोल–टोलमा आइदिन आग्रह गरेबमोजिम मतदाता भेटघाटसँगै संवादलाई मुख्य प्राथमिकता दिने उहाँले बताउनुभएको छ । 

चुनावी अभियानका लागि आइतवार झापा आउनुभएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुलाई मतदाताले शान्ति, स्थायित्व र विकास खोजेको प्रष्ट पार्नुभयो । यसअघि एक साता क्षेत्रमा घुम्दा मतदाताले सोही माग अघिसारेको उहाँको भनाइ छ । गत हप्ता ८० टोलमा पुगिसकेको ओलीले अब अन्य टोलहरुमा जाने जानकारी दिनुभयो ।

उहाँले मतदातालाई मसिनो गरी भेट्ने योजना रहेको सुनाउनुभयो । निर्वाचन क्षेत्र ५ को टोल–टोलमा पुगेर मतदाताका आवाज सुन्ने योजना रहेको उहाँले बताउनुभयो ।