• ७ पुस २०८१, आइतबार

ईयुद्वारा कडा धूम्रपान विरोधी नियमहरू लागू गर्ने तयारी

blog

ब्रसेल्स(बेल्जियम), मङ्सिर १८ गते । युरोपेली सङ्घ (ईयु)का देशहरुले खेल मैदान र क्याफेलगायत धेरै बाहिरी क्षेत्रहरुमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरु लागू गर्ने तयारी गरेका छन् ।

सदस्य राष्ट्रहरुले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरुको बैठकमा उक्त प्रस्ताव पेश गरिनेछ । कूटनीतिक स्रोतहरुका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ ।

यसले सरकारले भविष्यमा धुम्रपानका कारण हुने मृत्यु र रोगलाई कम गर्न खोज्ने नीतिहरुलाई सङ्केत गर्छ । सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयुका देशहरुलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ । उक्त कानुन अन्र्तगत स्विमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रुफटप बार र रेस्टुरेन्ट टेरेसलगायत स्थानहरुमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ । रासस/एएफपी