• ७ पुस २०८१, आइतबार

विद्यालय शिक्षा विज्ञान र प्रविधियुक्त हुनुुपर्छ : मन्त्री भट्टराई

blog

कार्यक्रममा मन्त्री विद्या भट्टराई र अन्य अतिथिहरु । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर १८ गते । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अघि बढाउनुुपर्ने बताउनुभएको छ । 

मन्त्री भट्टराईले मङ्गलबार सर्लाहीको बलरास्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुुमरियामा आयोजित विज्ञान प्रदर्शनी मेलालाई सम्वोधन गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीले देखाउने गरेका प्रतिभालाई राज्यले प्रोत्साहन गरेर अझ अगाडि बढाउनुुपर्ने बताउनुुभएको हो । 

प्रदर्शनीमा विद्यार्थीले राखेका विज्ञान तथा प्रविधिका स्टलको निरीक्षण गर्नुुभएको मन्त्री भट्टराईले विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई अघि बढाउने दायित्व तीनै तहका सरकारको रहेको उल्लेख गर्नुुभयो । 

विद्यार्थीले प्रस्फुटन गरेको प्रतिभा देखेर खुुसी लागेको भन्दै मन्त्री भट्टराईले अहिलेको युुगमा व्यवहारिक शिक्षा अतिआवश्यक रहेको बताउनुुभयो । मधेशमा शिक्षकको अभाव र खस्कँदो शिक्षाको स्तरप्रति उहाँले चिन्ता व्यक्त गर्नुुभयो । 

मधेशको शैक्षिकस्तर माथि उकास्न र शिक्षकको परिपूर्तिका लागि आफ्नो पहल रहने मन्त्री भट्टराईले प्रतिवद्धता व्यक्त गर्नुुभयो । “विज्ञान र नवीनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता” भन्ने मूूल नाराका साथ बलरा नगरपालिकाले यूूनेस्कोसँग सहकार्य गरी दुुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको आयोजना गरेको छ । 

प्रदर्शनीमा स्टल राख्न १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौटमा परेका छन् । मेलामा उत्कृष्ट ठहर हुने विद्यालयलाई पुुरस्कृत गरिनेछ । माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र अन्य दुईवटा विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, आधारभूत तह अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले १५ लाख र युुनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेका छन् । प्रदर्शनी बुुधबारसम्म चल्नेछ ।