ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानुन अपनाउने
युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनी सदस्य राष्ट्रहरूबिच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानुन पारित गरेको छ ।
नेपाल–चीनबिच औद्योगिक तथा पूर्वाधार विकासदेखि गरिबी निवारणसम्मको सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएको छ ।
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चारजना पक्राउ परेका हुन् ।
चिसो बढेसँगै 'भक्का'काे बिक्री बढ्याे
चिसो बढेसँगै व्यापारीहरुले भक्का बेच्न सुरु गरेका छन् । मधेशतिर मात्र पाइने भक्का पछिल्लो समय सबैमाझ लोकप्रिय बनेको छ ।
अक्सनमा ‘अनलक्की’ भयौँ : सन्दीप
नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्राे हार खेपेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोली अक्सनमा ‘अनलक्की’ भएको बताउनुभएको छ ।
दुर्घटना न्यूनीकरणका लागि ई-रिक्सा र अटोमा रिफ्लेक्टिभ स्टिकर टाँस्न सुरु
पछिल्लो समयमा बाँकेको नेपालगन्ज लगायतका सहरी क्षेत्रमा बढ्दै गएका ई रिक्सा र अटोले गर्दा सडक दुर्घटना समेत वृद्धि भएकोले सो न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ई रिक्सा र अटोमा रिफ्लेक्टीभ स्टीकर टास्न सुरु गरेको छ ।
एनपीएल : पोखरा टस जितेर पहिले बलिङ गर्दै
त्रिवि मैदान कीर्तिपुरमा अहिले पोखराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।
‘विगतका कमजोरीलाई दोहोरिन नदिन सहकारी ऐन संशोधन आवश्यक’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढङ्गले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउनुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै
अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
कालीगण्डकी काेरिडोरमा एक हप्ता सवारी आवागमन बन्द हुने
कालीगण्डकी काेरिडोरमा एक हप्ता सवारी आवागमन बन्द हुने भएको छ ।
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले मङ्गलबार बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।
चालकमाथि कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडक अवरूद्ध
मृतकका आफन्तले टिप्पर चालकलाई कारबाही र राहतको माग गर्दै दाङको घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।
सात लाख मूल्यको रुद्राक्षका दाना बरामद
सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको रुद्राक्षका दाना बरामद गरेको छ ।
दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ ।
सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्कोतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ ।
एनपीएल : सुदूरपश्चिमको सानदार सुरुवात
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ ।
जिल्ला प्रसाशन कार्यालय सुनसरीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा इनरुवा नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।
प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
निर्माण व्यवसायीसहित सरकारले २० कम्पनीलाई राख्यो कालो सूचीमा
सरकारले २० वटा निर्माण कम्पनी तथा व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसयी तथा कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ ।
जथाभावी फोहोर फाल्ने कारबाहीमा
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ ।
साँवामा फुटबल र भलिबल प्रतियोगिताको तयारी
ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका–४ साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
सुनको मूल्य प्रतितोला रू. एक हजारले बढेको छ । सोमबार प्रतितोला रू. एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।