• ७ पुस २०८१, आइतबार

बसको ठक्करबाट किशोरीको मृत्यु

blog

सांकेतिक तस्बिर

अविनाश चौधरी

धनगढी, मङ्सिर १८ गते। बसको ठक्करबाट कैलालीमा एक किशोरीको ज्यान गएको छ। सुप प्र ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ की १३ वर्षीया हरिना विकको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मसुरियामा बाटो काट्ने क्रममा आज बिहान हरिनालाई बसले ठक्कर दिएको थियो। 

बसको ठक्करबाट गम्भीर उहाँलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको उहाँको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो। 

बससहित चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।