यस्तो छ एनपिएल ट्रफीको विशेषता
एनपिएलको माहोलसँगै सामेबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ । प्रधानमन्त्री ओलीले आठवटै टोलीका कप्तानको रोहबरमा धरहरलाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो ।
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो ।
चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठन्डीबाट बचाउने पूर्वतयारी गर्न सोमबार ध्यानाकर्षणपत्र गराएको छ ।
सभापति देउवाद्वारा प्रजातान्त्रिक योद्धा ठाकुरको सालिक अनावरण
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको सालिक अनावरण गर्नुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
कालीकोट जिल्लाका विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर)अन्तर्गतको कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
अनुसन्धानमा सरकार सहकार्य गर्न सधैँ तत्पर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुसन्धान क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गरौं : उपप्रधानमन्त्री सिंह
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।
कोदो उत्पादन घट्दो, माग बढ्दो
कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको माग बढेको छ ।
‘सार्कका पत्रकारबिच सहकार्य आवश्यक’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्कभित्रका पत्रकारको सद्भाव र सहकार्य हुन आवश्यक रहेको बताउनुभएको छ ।
राहदानी सेवा आंशिक सञ्चालन,सेवाग्राहीका तथ्याङ्क सुरक्षित
विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भए पनि आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ ।
काफ्लेपाटीमा बिक्रीका लागि राखिएको छुर्पी
ताप्लेजुङमा अवस्थित पाथीभरा दर्शन गर्न जाने पदमार्गअन्तर्गत काफ्लेपाटीमा बिक्रीका लागि सुकाएर राखिएको चौंरी गाईको ताजा छुर्पी ।
बबई नदीमा १० हजार माछाका भुरा छाडिए
बर्दियाको बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका छन् । विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका हुन् ।
आइतबार तीन घण्टा खुल्यो धरहरा, दुई लाख बढी राजस्व उठ्यो
सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार आइतबार मध्यान्ह १२ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म धरहरा सर्वसधारणका खुला गरिएको थियो।
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।
युवा र युवती एकैठाउँमा मृत फेला
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकै ठाउँमा मृत भेटिएका छन् ।
पञ्चकन्यालाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड उपाधि
पञ्चकन्या माविले दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् खेलकुद महोत्सवको उपाधि जितेको छ । अर्जुन चौपारी वडा –१ को पञ्चकन्याले २२ स्वर्ण, आठ रजत र चार कास्य पदकका लगातार दोस्रो पटक रनिङ सिल्ड जितेको हो ।
उत्पादित वस्तुको सहज बजारको माग
पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योग बन्द हुने अबस्थामा पुगेको भन्दै उद्यमीहरुले उत्पादनलाई सहज बजारको ब्यबस्था गरीदिन आग्रह गरेका छन् ।
दुई युवतीद्वारा आत्महत्या
कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन ।
आलुको उत्पादन बढाउन कृषकलाई बीउ
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ। आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धिगरी आलु कृषकको आयस्रोत वृद्धि गर्न यस नगरपालिकाले वडा ४, ६ र ११ का कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरेको हो ।
कुपोषित बालबालिकाको उपचार
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त संख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
नवलपुरमा बस दुर्घटना, चार जना घाइते
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
एक्काइस लाखले गरे विदेश यात्रा
सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २१ लाखभन्दा बढी यात्रुले बाह्य मुलुकको यात्रा गरेका छन् ।
‘मानव अधिकार रक्षामा सहकार्य आवश्यक’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।