• १४ माघ २०८१, सोमबार

अखिल क्रान्तिकारीको मतगणना जारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचनको मतगणना जारी छ । कुल दुई हजार ३९८ जना प्रतिनिधिबाट शनिबार भएको निर्वाचनमा एक हजार ९१५ मत खसेको थियो । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले मतगणना सुरु भएको जानकारी दिनुभयो । उहाँले कुल ८० मत गणना हुँदा अध्यक्षका प्रत्यासी विजय सापकोटाले ४४ मत, हेमन्त राईले १८ मत र सुदिन पौडेलले १० मत पाउनुभएको बताउनुभयो । अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनको शनिबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदान भएको थियो ।