प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ ।
खैरो हेरोइनसहित दुई पक्राउ
कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
फोहोर फाल्ने मेडिकललाई पाँच हजार जरिवाना
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार तथा प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
फाइल नरोक्न कर्मचारीलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउनु भएको हो ।
पेस्तोलसहित एक जना पक्राउ
कपिलबस्तुको मायादेवी गाँउपालिका –६ डुमराबाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका बडसुडवा बस्ने नाजिर फकिरको २१ व्र्षिय छोरा सद्दाम हुसेन फकिर रहेको प्रहरीले जनाएको छ ।
रेडियो नेपाल अनलाइन डट कमको सम्पादकमा दाहाल
रेडियो नेपालको अनलाइन न्युज पोर्टल रेडियो नेपाल अनलाइन डट कमको सम्पादकमा मुख्य संवाददाता प्रमोदकुमार सिंह (दाहाल) नियुक्त हुनुभएको छ । तीन दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दितोकिएको हो ।
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ ।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
डिडिसी सुधारको नतिजा चाँडै देखिने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताउनु भएको छ ।
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो ।
फुढाहाङलाई बिदाइ गरी मनाइयो पापानी चाड
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरुको पापानी चाड सम्पन्न भएको छ । कात्तिक पूर्णिमा पछिको पहिलो मङ्गलबारदेखि नयाँ वाली भित्र्याएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गरिन्छ । यो चाड आजबाट आफ्ना कुल देवता फुढाहाङलाई पुजाआजागरी बिदाइ गरेसँगै विधिवत रुपमा सम्पन्न भएको हो ।
दलित बस्तीमा सिरक वितरण
लहान नगरपालिका –२० र सखुवानन्कारकटि गाउँपालिका –३ का मुसहर बस्तीमा रोटरी क्लव अफ लहानले सिरक वितरण गरेको छ । मङ्सिर पहिलो सातादेखि नै चिसो बढ्न थालेकाले मुसहर बस्तीका दुई सय घर परिवारमा फइवरको सिरक वितरण गरिएको क्लवका अध्यक्ष अभिषेक रोशनले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।
वरुण बेभरेजद्वारा सत्ताइस करोडभन्दा बढी राजस्व चुहावट
झुटा तथा नक्कली बीजक खरिद गरी वरुण बेभरेजले २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको उच्च अदालत पाटनले ठहर गरेको छ ।
बन्ने भयो हिंसापीडित राख्ने भवन
लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न ‘मङ्गला सहाना पुनस्र्थापना केन्द्र’ को भवन बन्ने निश्चित भएको छ ।
धरमपानीमा व्यावसायिक ड्रागन खेती
स्याङ्जाको वालिङ –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको आरोपमा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
३५१ जनाको निःशुल्क आँखा परीक्षण
बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।
चौंरीपालक कृषकलाई सोलार सेट
जैविक विविधता तथा रेडपाण्डाको संरक्षणमा सक्रिय दीपज्योति युवा क्लबले पाँचथरको याङवरक गाउँपालिकाका पन्ध्र जना चौंरीपालक कृषकलाई गाउँपालिकाको वडा १ च्याङथापूमा आयोजित कार्यक्रममा सोलार सेट उपलब्ध गराउँदै । रेडपाण्डा नेटवर्कको सहयोगमा ५० वाट क्षमताका सोलार सेट उपलब्ध गराएको हो ।
धारापानीमा निर्माण हुँदै बैद्धिक गुरुकुल
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीमा बैद्धिक गुरुकुल निर्माणको काम अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म रोकिएको गुरुकुल निर्माणको काम सुरु भएको हो ।
भिरबाट लडेर प्रजाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्युभएको छ ।
परराष्ट्रमन्त्री राणा मङ्सिर १३ मा चीन जाने
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही मङ्सिर १३ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जानु हुने भएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँको भ्रमणलाई स्वीकृत गरेको हो ।