पञ्चेबाजा संरक्षणमा जाजरकोटका महिला
पुरुषहरुले बाजा बजाएको मात्र देख्नुभएको कुशे गाउँपालिका ६ कि गङ्गा परियार अहिले पञ्चेबाजा बजाउने भएपछि आफैँ दङ्ग हुनुहुन्छ । गाउँघरमा मेला, जात्रा, उत्सब, चाडवाड, बिहेवारीलगायतका कार्यमा पुरुषहरुले बाजा बजाएको देख्नुभएको परियार तालिम पाएपछि आफैँ बाजा बजाउने भएपछि खुसी हुनुभएको हो ।
मुगुमा बढ्दै कुपोषित बालबालिका
छिल्लो समय जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।
भेरी र कर्णालीको संगम स्थल ‘कुईने घाट’
कैलाली चिसापानीदेखि केहि मिनेटमै पुग्न सकिने यस क्षेत्र सुदूरपश्चिम प्रदेशलाई कर्णाली प्रदेशसँग जोड्ने सबैभन्दा द्रुत मार्ग हो । अहिले किनारका सबै गाउँहरु सडक सञ्जालसँग जोडिएको छ ।
सरकारले उद्योग मैत्री वातावरण बनाएको छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिले सम्मकै उत्कृष्ट काम गरेको बताउनुभएको छ । वर्तमानमा आर्थिक अवस्था खुम्चिएको र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताउनुभएको हो ।
पर्यटकको आकर्षण केन्द्र बन्दै रेसुङ्गा
गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
धरानमा खानेपानीको समस्या चाँडै समाधान गरिने
खानेपानीमन्त्री प्रदीप यादवले धरान नगर क्षेत्रमा देखिएका खानेपानीको समस्या चाँडै समाधान गरिने बताउनुभएको छ ।
निवृत्तिभरण कोषमा अब नियुक्त हुने शिक्षक मात्रै
सामुदायिक विद्यालयमा अब नियुक्त हुने शिक्षकलाई मात्रै निवृत्तिभरण कोषमा समावेश गरिने भएको छ ।
‘सूचना प्रविधि उद्योगीका लागि अध्यादेश सकारात्मक’
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत तथा आभार व्यक्त गरेको छ ।
‘एनआरएन नेपाली नागरिकताको कार्यान्वयनमा पहल हुन्छ’
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले नै दिएको अधिकारलाई कार्यान्वयन गर्न पहल गर्ने बताउनु भएको छ।
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।
कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबिच सहकार्यको प्रतिबद्धता
प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अधिवेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१५ औं रनिङ् शिल्ड खेलकुदको उपाधि दीपज्योति र हिमालय विद्यालयलाई
कोहलपुर क्षेत्रका संस्थागत विद्यालय सङ्गठन बाँके (क्रिसा) को आयोजनामा भएको १५औं रनिङ् शिल्ड खेलकुद प्रतियोगिता-२०८१ मा मावितर्फ दीपज्योति र आधारभूत विद्यालयतर्फ हिमालय विद्या निकेतनले उपाधि जितेको छ ।
आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदूषण परीक्षणमा ७८ प्रतिशत अनुत्तीर्ण
काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन् ।
‘कानुनसँग बाझियो नेत्र विश्वविद्यालय विधेयक’
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को केही व्यवस्था कानुनसँग बाझिएको विषयमा महान्यायाधिवक्ताले आफ्नो राय दिनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको पद विशिष्टीकृत सेवा बन्नुपर्ने
कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ ।
ट्रम्पको कार्यकाल सुरु
संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ ।
कर्मचारी एक, जिम्मेवारी तीन जिल्ला
बैतडी, बझाङ र दार्चुला जिल्लाका चार वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आइपरेको छ ।
स्ववियु निर्वाचन चैत ५ गते हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
उच्च अदालत पोखरामा रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ ।
२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताउनुभएको छ ।
माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय
सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ ।
एमालेमा फर्कन दुई वर्षदेखि संवादमा थिएँ : वामदेव गौतम
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एमाले) मा फर्कने हुनुभएको छ । उहाँले गोरखापत्रसँग कुरा गर्नुहुँदै आफू एमालेमा जाने निश्चित भएको जानकारी दिनुभयो ।