टरिगाउँलाई चौथो हिरा डाँगी कप उपाधि
तुलसीपुरमा भएको चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८१ को उपाधि टरिगाउँ युथ क्लब तुलसीपुर १२ ले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर –५ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा ब्रिगेड ब्वाइज ललितपुर काठमाडौलाई २–१ गोलले पराजित गर्दै टरिगाँउ युथ क्लबले उपाधिसँगै ट्रफी उचालेको हो ।
वसन्तपुरमा बिक्रीका लागि राखिएको हस्तकला सामग्री
काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक बिक्रीका लागि राखेका हस्तकला सामग्री हेर्दै ।
उत्कृष्ट करदाता सम्मानित
करदाता सेवा कार्यालय गुल्मीले जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को समापन कार्यक्रममा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।
गोरखापत्रबाट सापकोटाको विदाइ
गोरखापत्रको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएकी मञ्जु सापकोटालाई विदाइ गरिएको छ । नयाँ नेपाल भाषा पृष्ठ संयोजक समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।
‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी २०८२ लाई कोशी प्रदेश सरकारले ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी गरेको बताउनुभएको छ ।
दुई करोड लगानीमा विद्यालय भवन बन्दै
आदिवासी र अल्पसङ्ख्यक चेपाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका –७, विकट तल्लो गर्लिङमा करिब दुई करोड रुपियाँ खर्चिएर विद्यालय भवन निर्माण सुरु भएको छ ।
राउटेलाई आर्थिक सहयोग
स्याङ्जा सदरमुकाम पुतलीबजारमा राउटे समुदायको टोलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
धमाधम निर्माण हुँदै छ बुटवलको मुख्य सडक
बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । विगत ८ वर्षदेखि अलपत्र रहेको सो सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम गरिरहेको छ ।
विपन्न परिवारका लागि पक्की घर निर्माण सुरु
बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि पक्की घर निर्माण सुरु गरिएपछि त्यस्ता समुदायका नागरिकले नयाँ घर पाउने भएका छन् ।
बालबालिकालाई डिजिटल साक्षरता दिँदै टिकटक
सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ ।
धरहरा प्रवेश सशुल्क गर्ने सरकारको निर्णय
सरकारले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क रूपमा धरहरा सञ्चालन गर्दै आएको सरकारले अब भने शुल्क लिएर घरहरा सञ्चालन गर्ने भएको हो ।
घुस रकमसहित सुब्बा अख्तियारको फन्दामा
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।
हामी विकास र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ।
प्रथम देवचुली कप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको देवचुलीमा शुक्रबारदेखि प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका –१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप सञ्चालन हुन लागेको हो ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
सामुदायिक विद्यालय पढ्ने छात्रालाई एक हजार
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो ।
अरिँगालले टोकेर एकको मृत्यु
घरछेउको रुखमा बसेको अरिँगालले टोकेर इलामको सूूर्योदय –९ पान्दाममा एक जनाको ज्यान गएको छ । घर छेउको रुखको हाँगा काट्नेक्रममा त्यही रुखमा गोलो बनाएर बसेको अरिङ्गाल बिच्किँदा स्थानीय ५० वर्षीय शुुक्रराज राईको ज्यान गएको सूूर्योदय –९ का वडाध्यक्ष देवेन्द्र शर्मा आचार्यले बताउनुभयो ।
दर्ता बेगर चलेको उद्योगको उत्पादन जफत
झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।
‘लय प्रकृतिको’ नाटक प्रदर्शन
इलामको पर्यटकीय क्षेत्र अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक बिपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” पदर्शन गरिएको हो ।
बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असोज दोस्रो साता अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति भएको राजमार्गमा सडकको सतह मिलाउनुपर्ने भएकोले बिहीबार राति ९ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको हो ।
बाह्र कम्पनीले बुझाए हवाई भाडादर
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका १२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादरको विवरण उपलब्ध गराएका छन् ।
पहिलो पटक गठन हुँदै बाल अदालत
पहिलो पटक बाल अदालत गठनका लागि सिफारिस भएको छ । न्याय परिषद्को बिहीबारको बैठकले अदालत गठन सिफारिस गरेको हो ।
सेरामिक्स कलाकारको पाँचदिने कार्यशाला
अमेरिका र नेपालका सेरामिक्स कलाकारहरुको भक्तपुरको पोटरीस्क्वायरमा पाँचदिने कार्यशालाको आयोजना गरिएको छ ।