‘एसएमई’ लाई सहज बन्यो पुँजी बजार
पुँजी बजारमा साना तथा मझौला कम्पनीको पनि सहज प्रवेश हुने भएको छ ।
सरकारमा सहभागी मन्त्रीलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद्का विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई टुङ्गोमा पुर्याउन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
कोपमा गएको टोलीबारे प्रश्न
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनका विषयमा काम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न व्यवस्थित टोली बनाउन निर्देशन दिएको छ ।
सहज बन्यो मुद्दा पुनरावेदन : धरौटीको थप पन्ध्र प्रतिशत राखे पुग्ने
फौजदारी कसुर मुद्दामा सुरु मुद्दा हेर्ने अदालतले धरौटी वा जमानत तोकेको व्यक्तिले मुद्दा पुनरावेदन गर्नु परे धरौटीको थप १५ प्रतिशत जम्मा गरे पुग्ने भएको छ ।
‘गोरखापत्रको पनि अब नयाँ ऐन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणको कार्यान्वयन प्रक्रियाअघि बढेसँगै अब सार्वजनिक सेवा प्रकाशन आरम्भ गरिने उद्घोष गर्नुभएको छ ।
इजरायल र हमासबिच अस्थायी युद्धविराम
लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ ।
स्थानीयमैत्री भएन मध्यवर्ती कानुन
“चितवन राष्ट्रिय निकुञ्जका लागि मध्यवर्ती क्षेत्रका मानिसभन्दा चरामुसा महत्वपूर्ण छन्, मानिस मरुन् मतलब छैन तर चरा, मुसा जोगाउनु पर्छ,” एक सार्वजनिक कार्यक्रममा प्रतिनिधि सभाका पूर्वसदस्य एवं नेकपा एमाले नवलपुरका नेता तिलक महतले भन्नुभयो ।
पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
मेची राजमार्गको स्तरोन्नति गर्न माग
मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई आज ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् ।
पक्षघातको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
पाँच सय ३१ जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग
कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, संशोधन गर्न कर्मचारी संगठनहरूले माग गरेका छन् । जारी गरिएको ऐन विभेदकारी रहेको भन्दै विभिन्न कर्मचारी संगठनहरूले ऐन संशोधनको माग गरेका हुन् ।
नवजात शिशु मृत फेला
प्युठानको सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनाल समेत नकाटिएको अवस्थामा शिसु फेला परेको स्थानीयले जनाएका छन् ।
अध्यादेश ठिक नभएको निष्कर्ष
समाजवादी मोर्चा नेपालले संसदीय समितिमा विचाराधीन अवस्थामा विधेयक भएको बेला अध्यादेश ल्याउनु ठिक नभएको निष्कर्ष निकालेको छ ।
समन्वय र सहकार्य गरी नागरिकलाई सुसूचित बनाउनु पर्छ
सार्वजनिक सेवा प्रसारण नेपालले समानतामूलक समाजको निर्माण गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन नवीनतम् अभ्यास आरम्भ गर्नुपर्ने सुझाव विज्ञले दिएका छन् ।
फरक मतपछि छलफल लम्बियो
सम्पत्ति र दायित्व सर्ने विषय कानुनसँग बाझिएपछि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथिको दफावार छलफल लम्बिने भएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी, आधाभन्दा बढीमा दयनीय अवस्था
मुलुकभर सञ्चालनमा रहेका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ ।
बेलगाम ‘सामाजिक अभियन्ता’ !
सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन् ।
आलुमा कीटनाशक औषधी छर्किदै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान डढुवा रोगबाट आलु जोगाउन कीटनाशक औषधी छर्किदै । हुस्सु र कुहिरो लाग्न थालेपछि शितलहरले आलुको बोट मर्नेगर्छ ।
कालीकोटमा पाक्न थाल्यो काफल
पुस–माघमै काफल पाकेको सुन्दा जोकोहीले पत्याउँदैनन । तर कालीकोटमा पुस महिनामा काफल पाक्न थालेको छ । बैशाखमा पाक्ने काफल कालिकोटको शुभकालिका गाउँपालिकामा पाक्न सुरु भएको हो ।
नेपालगगन्ज भुकम्प जोखिममा
सहरीकरण हुँदैजाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन ध्यान नदिएको र ठुलो संख्यामा धेरै पुराना घरहरु रहेकाले नेपालगगन्ज भूकम्पको उच्च जोखिममा रहेको छ। विगतमा भूकम्पले देशमा ठुलो क्षति गरेपछि सरकारी स्थलमा बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पाइने गरेको छ ।
साइबर अपराधको आरोपमा मिश्रविरुद्ध मुद्दा
पर्साका पोखरीया नगरपालिका वडा नम्बर २ का चन्दन कुमार मिश्रविरुद्ध साइबर अपराधको भ्रष्टाचार मुद्दा दायर भएको छ।
‘सुशासन र विकासका लागि अध्यादेशहरु ल्याइयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताउनु भएको छ ।