मोटरसाइकलको ठक्करबाट वृद्धाको निधन
मोटरसाइकलले ठक्कर दिँदा अछाममा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । कमलबजार नगरपालिका–१ मोटरकाट्या स्थानमा मोटरसाइकलले ठक्कर दिँदा कमलबजार नगरपालिका वडा न–१ मुलीकी ७२ वर्षीया मैसरा ढकालको मृत्यु भएको हो ।
समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि प्रस्ताव माग गरेको छ ।
नेत्र विश्वविद्यालय विधेयक, समितिद्वारा परिमार्जन
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ परिमार्जनसहित पारित गरेको छ ।
दुई सदस्यका लागि एकतिस आवेदन
शिक्षक सेवा आयोगका दुई सदस्य पदमा नियुक्तिका लागि ३१ जनाको आवेदन परेको छ । आयोगमा हाल एक सदस्य पद रिक्त छ भने अर्का एक जना सदस्यको पद रिक्त हुँदै छ ।
नवप्रवर्तनका लागि नेपालमै अवसर
नेपाली कांग्रेसले नवप्रवर्तन र उद्यमशीलताको विकास गरी आर्थिक रूपान्तरणका लागि ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ मार्फत नवीन अभ्यास आरम्भ गरेको छ ।
झस्कायो ‘स्वाइन फिभर’ ले
सङ्क्रमण भएपछि सुँगुर, बङ्गुर तथा बँदेलको मृत्युदर शतप्रतिशत हुने भएकाले किसानको सबैभन्दा ठुलो शत्रुका रूपमा रहेको अफ्रिकन स्वाइन फिभर यो वर्ष पनि देखिँदा नेपाली किसान चिन्तामा परेका छन् ।
फुर्के र खोयाहाँस नेपाल विचरणमा
जलपन्छी फुर्केहाँस नेपाल भ्रमणमा आइपुगेको छ । हिउँदे याममा बसाइँ सरेर आउने फुर्केहाँस जस्तै आगन्तुक चरा यतिबेला नेपालका विभिन्न भूगोलमा रमाईरमाई यात्रा गरिरहेका छन् ।
फोनिज कञ्चनपुर अध्यक्षमा पुनः कुश्मी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
एचपिभी खोप सञ्चालनका लागि केन्द्र निर्धारण
ताप्लेजुङमा महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने खोप अभियान सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको छ । जिल्लामा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि खोप केन्द्र निर्धारण गरिएको हो ।
बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्नुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ।
सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीबाट सहिद स्मारकमा पुष्पहार अर्पण (फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण प्रकट गर्नुभएको छ ।
‘एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ’
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई सफलसँगै प्रभावकारी बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबिचको अन्तरक्रियामा उहाँले गुल्मीमा एचपिभी खोप अभियानलाई सफल बनाउन सबैको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।
सानो लगानीले रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउँछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको बताउनुभएको छ ।
स्टन्टबाजीले देश चल्दैन, इमानदार प्रयास आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै स्टन्टबाजीले देश नचल्ने बताउनुभएको छ ।
साझा धारणा बनाउँदै विपक्षी दल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ ।
वृद्धि भयो हिमाल आरोहण शुल्क
सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ ।
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद टुङ्गियो, निःशुल्क अध्ययन गरेका विद्यार्थीले दुई वर्ष सेवा गर्नुपर्ने
निजी मेडिकल कलेज र सरकारबिच आवासीय चिकित्सकलाई दिने निर्वाह भत्तासम्बन्धी विवाद टुङ्गिएको छ । अब स्नातकोत्तर (पिजी) तहको अध्ययन पूरा भएपछि निःशुल्क अध्ययन गरेका विद्यार्थीले थप दुई वर्ष सोही मेडिकल कलेजमा काम गर्नुपर्ने छ ।
फेरि थालियो छाउगोठ भत्काउन
बाजुरामा महिनावारी भएका बेला बस्न बनाइएका छाउगोठ भत्काउने अभियान फेरि सुरु भएको छ ।
संसद्लाई प्रभावकारी बनाउनु पर्छ : सभामुख
सभामुख देवराज घिमिरेले सरकारको अस्थिरताले पनि संसद्को कामकारबाहीलाई प्रभावित पार्ने बताउनुभएको छ ।
‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद
सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।
नर्सको नयाँ गन्तव्य खाडी मुलुक
नेपालमा नर्सिङ अध्ययन गर्न चाहनेहरूको सङ्ख्या अधिक भए पनि नेपालमै बसेर काम गर्न दृढ नर्स भेट्टाउन मुस्किल हुँदै गएको छ । नेपालमा अध्ययन गरेका प्रायः नर्सको सपना विकसित देशमा गएर सेवा गर्ने बन्दै छ ।
ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
जङ्गी अड्डामा बृहत् सैन्य प्रदर्शनी
नेपाली सेना दिवसको अवसरमा सैनिक मुङ्ख्यालय जङ्गी अड्डा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु भएको छ ।