जहाँ बालबालिका बोरा बोकेर विद्यालय जान्छन्
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्।
अतिक्रमित सडकपेटी खाली गराउन नगर प्रमुखसहितको टोली सडकमा
पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आज (मङ्गलबार)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।
उषा राई मृत्यु प्रकरण: थप एक आरोपी पक्राउ
धरान–१३ की उषा राई मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठकाअनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पक्राउ गरिएको हो । मुख्य आरोपी उर्मिला राईलाई भने प्रहरीले मङ्सिर १५ गते र अन्य २ जना सुसेली राई र सुमित्रा राईलाई १६ गते पक्राउ गरेको थियो ।
ओखलढुङ्गा प्रहरीलाई नयाँ भवन
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अत्याधुनिक नयाँ भवनमा सरेको छ । साबिक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार रुपियाँको लागतमा सुविधा सम्पन्न भवन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
सुन पसलबाटै छाया बैङ्किङ कारोबार, दुई करोड डुब्यो
सुन पसलमा छाया बैङ्किङ कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएको हो। सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढङ्गबाट छाया बैङ्किङ कारोबार गरी ठगी गरेको आरोपमा प्रहरी सञ्चालक राजु विश्वकर्मालाई गत कात्तिक २७ गते नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने
मोरङको पूर्वाञ्चल विश्वविद्यालयले माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। हाल आंशिक रूपमा अस्पताल सञ्चालन हुँदा मेडिकल कलेज सञ्चालन गर्न समस्या भएको भन्दै विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको हो। पूर्वाञ्चल विश्वविद्यालयको सभा कक्षमा सोमबार आयोजित पत्रकार भेटघाटमा मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट भर्खरै निर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर सुनीलकुमार शर्माले अस्पताल सञ्चालनका लागि सम्पूर्ण सहयोग गर्ने बचन दिनुभएको छ। शर्माले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो। शर्माले भन्नुभयो, “कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न पाइँदैन। त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो।”
भारतीय सवारीलाई नेपालमा प्रवेश निःशुल्क
कोभिड सुरु भए यता बन्द भएको सवारी आवागमन पूर्वी सीमावर्ती बजार पशुपतिनगरमा पुनः सुरु भएको छ । भारतीय नम्बर प्लेटका सवारी आउन थालेपछि भारतीय पर्यटकको भरमा चलेको पशुपतिनगर बजारको आर्थिक कारोबार सहज हुने अपेक्षा स्थानीय व्यावसायीहरुले गरेका छन् ।
उज्यालो ओखलढुङ्गाको अभियानमा जनप्रतिनिधि
ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुङ्गाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ ।
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा १३ हजार २५३ मेट्रिकटन धान उत्पादन भएको हो ।
अब नरहने भए काठेपुल
झापाको हल्दीबारी गाउँपालिकालाई काठको पुलमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि स्थानीय सरकारले गाउँपालिकालाई काठको पुलमुक्त बनाउने घोषणा गर्दै काम अघि बढाएको थियो। पालिकाभित्र परम्परागत काठको पुल विस्थापित गर्ने अभियानलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा ल्याइएको थियो।
लोपोन्मुख कपास खेती हलेसीमा फस्टाउँदै
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउँदै गएको छ। दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउँदै गएको हो। आर्थिक वर्ष २०७७/७८ मा १० लाख बजेट विनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तरता दिँदै आएको छ। पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो। कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको यस क्षेत्रका पुर्खाको भनाइ छ।
विद्यालयलाई ल्याब सामग्री वितरण
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागेको इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा विद्यालयलाई ल्याब सामग्री वितरण गरेको छ।
‘शान्तिको बाटोमा हिँड्न सहयोग’
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक देशका रूपमा विश्वमा परिचित रहेको बताउनुभएको छ। आइतबार इलामको माङ्सेबुङको लारुम्बामा आयोजित मुहिङ्गुम आङ्सिमाङ आत्मनन्द लिङ्देनको ६९औँ जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जातीय, धार्मिक, सांस्कृतिक विविधता रहेको नेपाललाई किराँत धर्मले शान्तिको बाटोमा हिँडाउन थप सहयोग गरेको बताउनुभयो।
क्यू लर्निङ बोडिङ स्कुललाई फुटबल उपाधि
ताप्लेजुङमा आयोजना गरिएको आधारभूत तह अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि क्यु लर्निङ बोर्डिङ स्कुलले जितेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको उक्त स्कुलले वडा नं. ४ को कञ्चन एकेडेमी माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि जितेको हो ।
कम्प्युटर एसोसिएसनमा हाङ्बाङ
ताप्लेजुङस्थित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको अध्यक्षमा पुनः विष्णुकुमार हाङ्बाङ लिम्बू चयन हुनुभएको छ ।
आत्मानन्द ‘सेइङ’ ६९ औ जन्मोत्सव मनाइँदै
किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औ जन्मोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार मनाइँदैछ । इलामको माङ्सेबुङमा हुने जन्मोत्सव समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) साहभागी हुने कार्यक्रम छ ।
नृत्य प्रतियोगितामा लिटल बुद्ध प्रथम
ताप्लेजुङमा अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगितामा फुङ्लिङ नगरपालिका–४ को लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ। फुङ्लिङ नगरपालिका–४ कै भानुजन माध्यमिक विद्यालयलाई पछि पार्दै लिटलबुद्ध प्रथम भएको हो।
दोलखाबाट प्रदेश (ख) मा एमालेका केसी विजयी
एक निर्वाचन क्षेत्र रहेको दोलखाको प्रदेश (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भरतबहादुर केसी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।
ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था
सुनकोसी गाउँपालिका ओखलढुङ्गाले ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था गरेको छ ।
कांग्रेसकै नेतृत्वमा आगामी सरकार
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियान आगामी सरकारको प्राथमिकतामा पर्ने उहाँको भनाइ छ।
हातहतियारसहित एक पक्राउ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ बस्ने हंसराज लिम्बुका छोरा नवीनकुमार नाल्बोलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेको नाल्बोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय सल्लेरीले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ टाक्सिन्दुमा एक सय जना बृद्धबृद्धालाई गाउँमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो ।
कुटपिटमा संलग्न दुई जना पक्राउ
महिला समूहको कुटपिटका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ की उषा राईको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जना पक्राउ परेका छन् ।