• १२ असोज २०८१, शनिबार

कम्प्युटर एसोसिएसनमा हाङ्बाङ

blog

क्यान ताप्लेजुङका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार हाङ्बाङ लिम्बू ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङस्थित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको अध्यक्षमा पुनः विष्णुकुमार हाङ्बाङ लिम्बू चयन हुनुभएको छ । महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनमार्फत हाङ्बाङ दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

महासङ्घको जिल्ला कार्य समिति सात सदस्यीय रहेको छ । समितिको उपाध्यक्षमा जीवनकुमार श्रेष्ठ, सचिव अरुण श्रेष्ठ र कोषाध्यक्ष पुण्यप्रसाद आचार्य चयन हुनुभएको छ । सदस्यमा जीवन कालिकोटे, अनिता पन्दाक र रश्मि लिम्बू रहनुभएको छ । 

जिल्ला अधिवेशनले महाधिवेशन प्रतिनिधिमा भने राजकुमार गुरुङलाई सर्वसम्मत चयन गरेको छ । कार्य समितिको कार्यकाल दुई वर्षको हुने क्यानले जनाएको छ ।