शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १२ गते ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेश अनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताउनुभयो ।
उहाँले विगतको संसदीय अनुभवलाई आफ्नो कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस