• १२ असोज २०८१, शनिबार

आत्मानन्द ‘सेइङ’ ६९ औ जन्मोत्सव मनाइँदै

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १८ गते । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औ जन्मोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार मनाइँदैछ । इलामको माङ्सेबुङमा हुने जन्मोत्सव समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) साहभागी हुने कार्यक्रम छ । 

किरात धर्मगुरु लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औँ जन्मोत्सव तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहमा सहभागी भएर धर्मगुरुलाई शुभकामना दिन उपराष्ट्रपति पुन सहभागी हुँदै हुनुभएको जन्मोत्सव मूल समारोह समितिका संयोजक केहेरसिं योङहाङले बताउनुभयो । 

सो अवसरमा आत्मानन्द कप खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा ६९ जना माङसेवासाबा तथा माङ्सेवासामाबाट माङगेन्ना सेवा मुन्धुम वाचनलगायत विभिन्न सांस्कृतिक कार्यक्रम हुने योङहाङले जानकारी दिनुभयो । 

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म २०११ मङ्सिर १८ गते शुक्रबार पुण्यप्रसाद र चन्द्रमायाको जेठा छोराको रूपमा हालको माङ्सेबुङ–५, इलाम इभाङ –५ पुछार अगौटेमा भएको हो ।