• २४ वैशाख २०८१, सोमबार

क्यू लर्निङ बोडिङ स्कुललाई फुटबल उपाधि

blog

उपाधि विजेता क्यु लर्निङ बोर्डिङ स्कूलका खेलाडीहरु । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङमा आयोजना गरिएको आधारभूत तह अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि क्यु लर्निङ बोर्डिङ स्कुलले जितेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको उक्त स्कुलले वडा नं. ४ को कञ्चन एकेडेमी माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि जितेको हो । 

क्यु लर्निङले उपाधि जितका लागि ट्राइबेकरमा कञ्चन एकेडेमीमाथि ५–४ गोलको जित निकाल्यो । उपाधि जितेसँगै विजेताले २५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता  कञ्चन एकेडेमीले नगद १५ हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ । 

फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको धार्मिक विद्यालय साङ्क देछ्योलिङ गोन्पाको वार्षिक उत्सवको अवसरमा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यसहित आधारभूत हत अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा फुङ्लिङ नगरपालिकाभित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । खेलाडी टोलीमा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी मात्र सहभागी भएका गोन्पा विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।